गोलबजारकी १३ वर्षीया गुलसनाको मृत्यूको रहस्य खुल्यो, बीर बहादुर पक्राउ


लहान । सिरहामा १३ वर्षीया बालिकालाई हत्या गरेको आरोपमा समातिएका २४ वर्षीय युवकमाथि अनुसन्धान गर्न प्रहरीले अदातलतबाट सात दिनको थप समय पाएको छ ।

१३ वर्षीय बालिका गुलसना खातुनको हत्या आरोपमा गोलबजार नगरपालिका वडा नं ९ गोविन्दपुरका २४ वर्षीय वीर बहादुर सार्की पक्राउ परेका हुन् ।

उनलाई प्रहरीले फागुन २४ गते गोलबजार नगरपालिका वडा नम्बर ९ गोविन्दपुरबाट पक्राउ गरेको थियो । गएको फागुन २९ गते घरबाट घाँस काट्न हिँडेकी १३ वर्षीय गुलसना खातुनको शव चैत १२ गते दिउँसो गोलबजार नगरपालिका वडा नम्बर ९ स्थित घुर्मी खोला किनारमा फेला परेको थियो।

छोरी घर नफर्किएपछि उनकी आमा जेहदा खातुनले चैत १२ गते खोजी गरिदिन इलाका प्रहरी कार्यालय मिर्चैयामा निवेदन दिएकी थिइन् ।

प्रहरीको केन्द्रीय अमुसन्धान ब्युरोको टोली, मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुर र इलाका प्रहरी कार्यालय मिर्चैया समेतको संयुक्त टोलीले गुलसानाको शव प्लास्टिकको बोराभित्र फेला पारेको थियो ।

पक्राउ परेका सार्कीलाई ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बालिकाका पिता बेचन अलि छोरी हराउनु दुई दिनअघि मात्रै वैदेशिक रोजगारीका लागि कतार गएका छन् ।

प्रकाशित : २०८१ चैत्र २५, सोमबार १८:२७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ