विद्यार्थीलाई बलात्कार गरेका शिक्षकलाई अदालतले तोक्यो एकवर्ष जेल


झापा । विद्यार्थीलाई यौन दुर्व्यवहार गर्ने झापाको कमल गाउँपालिका ३ स्थित सहिद धर्मभक्त माध्यमिक विद्यालयका शिक्षक शिवकुमार भट्टराईलाई एक वर्ष कैद सजाय भएको छ ।

जिल्ला अदालत झापाका न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजालसले बिहीबार शिक्षक भट्टराईलाई बालबालिकाविरुद्धको कसुर (बाल यौन दुर्व्यवहार)मा एक वर्ष कैद, दश हजार रुपैयाँ जरिवाना र ४० हजार क्षतिपूर्तिको फैसला गरेको हो ।

भट्टराईविरुद्ध सोही विद्यालयमा कक्षा ७ र ८ मा पढ्ने तीन बालिका ‘छ’, ‘ज’, र ‘झ’ (सांकेतिक नाम)ले इलाका प्रहरी कार्यालय दमकमा गत भदौमा जाहेरी दिएका थिए । उक्त जाहेरीका आधारमा जिल्ला अदालत झापामा मुद्दा दर्ता भएको थियो ।

अदालतले उनलाई प्रत्येक मुद्दामा एक–एक वर्ष कैद, जनही दश हजार जरिवाना (कुल ३० हजार) र जनही ४० हजार क्षतिपूर्ति (कुल एक लाख २० हजार) तोकेको जिल्ला अदालत झापाका सूचना अधिकारी रामचन्द्र बस्नेतले जानकारी दिए ।

प्रत्येक मुद्दामा एक–एक वर्ष गरी तीन वर्ष कैद हुन आउँछ । तर, उनले एक वर्ष मात्र कैद सजाय कटाए हुने सूचना अधिकारी बस्नेतले बताए ।

प्रकाशित : २०८२ बैशाख ६, शनिबार ०९:५५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ