शिक्षक आन्दोलनमा अभिभावक घुसेपछि लफडा, आखिर भएको के हो ?


काठमाडौं । शिक्षक आन्दोलनमा अभिभावक घुसेपछि आन्दोलनकारीले हातपात र कुटपिट गरेका छन् ।

आफूलाई ललितपुरको गोदावरीस्थित सरस्वती माध्यमिक विद्यालयका अभिभावक बताउने सनोज महतमाथि नयाँ बानेश्वरस्थित आर्कब्रिजको सडकमा हातपात भएको भिडिओ सामाजिक सञ्जालमा आएको छ । उनी आन्दोलनमा घुसेपछि लफडा भएको हो ।

शिक्षकहरुले भने उनी शिक्षक नभएको र घुसपेठ भएको भन्दै बाहिर निकाल्न कोसिस गर्दै थिए । जबकि शिक्षकहरुकै समूहबाट महतमाथि हातपात भएको छ । केही शिक्षकले भने हातपात नगर्न भनेको पनि सुनिन्छ ।

महतले भने आफ्नो छोरीको भर्ना हुन नपाएपछि म सडकमा आएको बताएका छन् । शिक्षकहरुले भने बारबार बाहिर जानुस् भन्दै उनलाई हटाउन खोजेको बेलामै हातपात भएको हो ।

तर उनले आफ्नो छोरीको भर्ना नभएपछि बाध्य भएर शिक्षकहरुलाई विद्यालय फर्कन आग्रह गर्न आएको बताएका छन् ।

‘मेरो बच्चा सरकारी स्कुलमा पढ्छ, बन्द गरेर मेरो बच्चाको भविष्य वर्वाद गर्न पाइँदैन’, उनले भने, ‘जुन विद्यालयमा मेरो छोरी पढ्छ । त्यो विद्यालय गोदावरीकोे नं। १ विद्यालय हो । तर यसापालि डीएलईमा ३९ जनामा जम्मा ६ जना मात्रै पास भएका छन् । मेरो लागि सरकार शिक्षक पनि हो । मेरो लागि शिक्षक सरकार पनि हो । तपाईंहरुले आन्दोलनको स्वरुप फेर्नुपर्छ । तपाईंहरुले विद्यार्थी नपढाएर, सडकमा भेला भएर नाचेर बस्न पाइन्नँ ।’

महतले भिडमा आएर बोलेपछि आन्दोलनरत शिक्षकहरुले भने उनलाई रोकेका थिए । उनीहरुले उनलाई आन्दोलनमा आएर गुण्डागर्दी नगर्न भनेको सामाजिक सञ्जालमा सार्वजनिक भिडिओमा सुनिन्छ ।

तर महतले भने आज आफू एकजना आएको भोलिदेखि अरु अभिभावक पनि आउने बताए । उनलाई शिक्षकहरुले बाहिर जान भनेपनि गएनन् । उनले आफूलाई जे जे गर्न मन छ गर्नु भन्दै त्यहीँ सडकमा बसे ।

‘मलाई हान्नुस् । हान्नुस् भनेरै म यहाँ आएको हुँ’, भन्दै उनी सडकमा बसे । उता भिडबाट भने कसैले पनि हातपात नगर्न भन्दै आवाज आइरहेको थियो । त्यस्तै, उनलाई केही शिक्षकहरुले आफूहरुले उनलाई केही नगर्ने बताउँदै थिए । उता भिडबाट भने कसैले पनि हातपात नगर्न भन्दै आवाज आइरहेको थियो । त्यस्तै, उनलाई केही शिक्षकहरुले आफूहरुले उनलाई केही नगर्ने बताउँदै थिए ।

उनले अगाडि भने, ‘अभभिावकको हैसियतमा म आजदेखि आन्दोलनमा सरिक भएँ । म यो देशको अभिभावकको हैसियतमा आन्दोलनमा सहभागी भएँ ।’

महतले आफ्नो घर गोदावरी नगरपालिका वडा नं. ५ बताएका छन् । ‘म अभिभावक हुँ, विद्यार्थीहरुलाई मार्का पर्यो । शिक्षकहरुलाई विद्यालय फर्कनुस् भन्न आएको हो’, उनले भने । पृष्ठभूमिमा भने शिक्षकहरुले उनलाई घुसपेठ नै भएको भन्दै आवाज आइरहेको थियो ।

यतिकैमा प्रहरीले उनलाई बाहिर निकाल्न आउँछ । प्रहरीले समातेर बाहिर लैजाँदै गर्दा शिक्षकहरुको एक समूहले उनीमाथि हातपात र कुटपिट गरेर गुण्डागर्दी शैलीमा प्रस्तुत हुन्छन् । प्रहरीले महतलाई बाहिर निकाल्छन् । – नेपाल प्रेस

प्रकाशित : २०८२ बैशाख ८, सोमबार १६:२२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ