जनकपुरबाट हिडेको टेम्पुमा ट्याक्टरले ठक्कर दियो, दुईजना घाइते


जनकपुरधाम । जनकपुरधामदेखि महोत्तरी जाने पिडारी-कुर्था सडक खण्डमा टेम्पोलाई ट्याक्टरले ठक्कर दिएको छ ।

दुर्घटनामा टेम्पु चालकसहित दुई जना गम्भीर घाइते भएका छन् । घाइतेको पहिचान खुलेको छैन् ।

जनकपुरधामको पिडारीबाट पश्चिम कुर्थातर्क जादै गरेको ज.१.त. ३३१५ नम्वरको ट्याक्टरले विपरित दिशाबाट आउँदै गरेको उक्त टेम्पोलाई ठक्कर दिँदा दुर्घटना भएको बताइएको छ ।

घट्नास्थलमा प्रहरी पुगी घाइतेहरूको उपचारको लागी प्रादेशिक अस्पताल, जनकपुरधाम लगिएको छ । ट्रयाक्टर लिएर चालक फरार भएका छन् ।

प्रहरीले अनुसन्धान सुरु गरेको र ट्रयाक्टर तथा चालकलाई नियन्त्रणमा लिने जनाएको छ ।

प्रकाशित : २०८२ बैशाख ९, मंगलवार १४:४६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ