कक्षा १२ को परीक्षा अन्यौलमा– निजामती कर्मचारी खटाए शिक्षकहरूले कापी जाँच नगर्ने


काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा नसार्ने निर्णय गरिसकेको छ । तर, उक्त परीक्षामा शिक्षकहरूको कुनै पनि सहभागिता नरहने नेपाल शिक्षक महासंघले जनाएको छ ।

महासंघले शिक्षकहरूलाई केन्द्राध्यक्ष र निरीक्षक रूपमा नबस्न भनेको छ । शिक्षककै उपस्थितिविना पनि महासंघले मंगलबार बिहान बोर्ड बैठक राख्दै परीक्षा नसार्ने निर्णय गरेको थियो ।

‘शिक्षकहरू परीक्षामा सामेल हुँदैनन्,’ महासंघका सहअध्यक्ष नानुमाया पराजुलीले भनिन्, ‘निजामतीले परीक्षा लिओस् कापी जाँच पनि उसैले गरोस्, शिक्षकहरू ऐनका लागि सडकमा लड्दा उनीहरूमाथि प्रश्न उठाउनु गलत हो ।’

प्रकाशित : २०८२ बैशाख ९, मंगलवार १७:१८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ