कुलमानको पक्षमा उभिएका ऊर्जा राज्यमन्त्री तामाङलाई प्रधानमन्त्रीले गरे बर्खास्त


काठमाडौं । ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)लाई प्रधानमन्त्री केपी शर्मा ओलीले बर्खास्त गरेका छन् । गृहमन्त्री रमेश लेखकमार्फत् राजीनामा मागेका ओलीले राज्यमन्त्रीले राजीनामा नदिएपछि बर्खास्त गरेका हुन् ।

‘मलाई गृहमन्त्रीले फोन गरेर प्रधानमन्त्रीले तपाईंको राजीनामा माग्नुभएको छ भनेर भन्नुभयो, मैले मलाई प्रधानमन्त्रीले बनाएको हो र ? किन राजीनामा दिने ? मलाई पार्टीले मन्त्री बनाएको हो । सभापतिज्यू आएपछि कुरा गर्छु भनेँ,” उनले भने, ‘अहिले हटाएको भन्ने सुन्छु तर आधिकारिक जानकारीमा छैन ।’

ऊर्जा राज्यमन्त्री तामाङले नेपाल विद्युत् प्राधिकरणबाट कुलमान घिसिङलाई हटाउन नहुने अडान राख्दै आएका थिए भने केही दिनअघि सचिव सुरेश आचार्यले आफ्नो अपमान गरेको भन्दै स्पष्टीकरण सोधेका थिए ।

रामेछापबाट निर्वाचित कान्छाराम नेपाली कांग्रेसका हुन् ।

 

प्रकाशित : २०८२ बैशाख १०, बुधबार १८:४८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ