भाटभटेनी लुटपाटमा कांग्रेस सहमहामन्त्रीकै छोरा पनि थिए भन्ने लिङ्देनको दावी झुठ !


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले भाटभटेनी लुटपाटमा कांग्रेसकै सह-महामन्त्रीको छोरा संलग्न रहेको दावी झुठ रहेको कांग्रेस नेताहरुले दावी गरेका छन् ।

गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादी प्रदर्शनको क्रममा भाटभटेनी सुपर मार्केटमा लुटपाट भएको थियो । उक्त घटनामा कांग्रेस सह-महामन्त्रीको छोरा पनि संलग्न रहेको दावी राप्रपा अध्यक्ष लिङ्देनले संसदमा बोल्दै गरे ।

कांग्रेसका सह-महामन्त्री महेन्द्र यादव छन् । उनको नाम भने लिङ्देनले लिएका छैनन् । महेन्द्रका छोरा विकास र आकाश दुबै डाक्टर हुन् ।

लिङ्देनले सत्तारुढ दलका सह-महामन्त्रीकै छोरा संलग्न रहेको बताएपछि केहि मिडियाले महेन्द्रको नाम किटेरै समाचार सम्प्रेशन गरेपछि कांग्रेस नेताहरु आपत्ति जनाएका छन् ।

कांग्रेसका एक नेताले भने, ‘लिङ्देनको दावी झुठो हो । उहांसंग प्रमाण छ भने सार्वजनिक गरोस्, होइन् भने बदनाम गर्न पाइदैन् ।’

प्रकाशित : २०८२ बैशाख १२, शुक्रबार १८:०६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ