जग्गादाता सिंह भन्छन्– अम्बेडकर पार्कका लागि जग्गा दिएको छैन


लहान । लहान नगरपालिका १२ स्थित सलहेश फूलवारीमै टाँसिएर नीजि जग्गामा मधेश सरकारले निर्माण गर्न लागेको भीमराव अम्बेडकर पार्क विवादमा परेको छ ।

वैशाख १५ मा जनमत पार्टीका अध्यक्ष सीके राउत, मधेशका मुख्यमन्त्री सतिश सिंह र वनमन्त्री त्रिभुवन साहले संयुक्त रुपमा अम्बेडकर पार्कको शिलान्यास गरेका थिए । त्यसलगत्तै अम्बेडकर पार्क निर्माणको विरोध सुरु भयो ।

पासवान समाजले राजा सलहेशको इतिहासलाई मार्न सीके राउत र मधेश सरकारले अम्बेडकर पार्क निर्माण गरिरहेको आरोप लगाउँदै विरोध गरिरहेको छ । जनमत पार्टीका नेता तथा कार्यकर्ताहरुले भने नीजि जग्गामा पार्क निर्माण भइरहेको तर्क गर्दै प्रदेश सरकारको बचाउमा लागेका छन् ।

तर जग्गा दाता जितेन्द्र सिंह धामीले आफू अम्बेडकर पार्क निर्माणका लागि जग्गा दान नदिएको स्पष्ट पारेका छन् । उनले वन कार्यालयको नाममा जग्गा पास गरेको र शिलान्यास गरेपछि मात्र अम्बेडकर पार्क निर्माण हुन लागेको जानकारी पाएको बताए ।

जग्गादाता धामीले दिएको अभिव्यक्ति अनुसार प्रदेश सरकार र जनमतका अध्यक्ष सीके राउतले झुक्याएर जग्गादान गर्न लगाएको देखिन्छ । जग्गादाता सिंहले नै अम्बेडकर पार्कको विरोध गरेपछि प्रदेश सरकारको असली रुप बाहिर आएको छ ।

हुन त पार्क निर्माणका लागि नक्सा पास समेत नगराएको खुलेको छ । लहान नगरपालिका १२ वडा कार्यालयले वन कार्यालयलाई पत्र पठाउँदै नक्सा पास गरेर मात्र पार्क निर्माण अगाडी बढाउन भनेको छ ।

प्रकाशित : २०८२ बैशाख २०, शनिबार ०७:४३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ