स्रोत नखुलेको ९ लाख ५९ हजार रुपैयाँसहित ३ भारतीय नागरिक पक्राउ


पर्सा । सशस्त्र प्रहरीले वीरगन्जस्थित नेपाल–भारत सीमाबाट स्रोत नखुलेको नगदसहित तीन भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

वीरगन्ज भन्सार कार्यालको जाँच बिन्दुभन्दा ५० मिटरअगाडि नेपालतर्फ त्रिभुवन राजपथ सडकखण्डको वीरगन्जतर्फ जाने बाटोमा नेपाल आउँदै गरेको बीआर २२ पी ८३०० नं को गाडीलाई रोकी जाँच गर्दा ९ लाख ५९ हजार नेपाली रुपैयाँ बरामद भएको हो ।

सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्जबाट खटिएको टोलीले शुक्रबार साँझ ७ बजे उक्त स्कोर्पियो गाडीको सिट पछाडि पकेट भित्र लुकाई ल्याएको अवस्थामा नगद बरामद गरेको हो ।

पक्राउ परेका भारतीय नागरिकमा भारत बिहार पश्चिम चम्पारण बेतिया ग्राम पन्चायत वडा नं ७ बस्ने ५९ वर्षीय विजय प्रसाद, बिहार पश्चिम चम्पारण जौकटिया ग्राम पन्चायत वडा नं १२ बस्ने ४६ वर्षीय मनोजकुमार सहनी र बिहार पश्चिम चम्पारण छाउनी चोक ग्राम पन्चायत वडा नं २७ बस्ने ४३ वर्षीय सन्तोष कुमार श्रीवास्तव छन् ।

बरामद नगद तथा गाडीमा सवार सबैलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी पर्साका प्रवक्ता डीएसपी देवेन्द्रबहादुर सिंहले जानकारी दिए ।

प्रकाशित : २०८२ बैशाख २०, शनिबार १७:३२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ