जनकपुर चुरोटसहित ७ प्रतिष्ठानको सरकारी लगानी व्यवस्थापन गरिने


काठमाडौं । सरकारले ७ वटा प्रतिष्ठानको सरकारी लगानी व्यवस्थापन गर्ने भएको छ ।

जनकपुर चुरोट कारखाना, गोरखकाली रबर उद्योग, उदयपुर सिमेन्ट उद्योग लिमिटेड, नेपाल मेटल कम्पनी लिमिटेड, हेटौंडा सिमेन्ट उद्योग, बुटवल धागो कारखाना लिमिटेड र नेपाल ओरियण्ड म्याग्नेसाइट प्रालि गरी ७ वटा प्रतिष्ठानको सरकारी लगानी व्यवस्थापन गर्न अर्थमन्त्रालयलाई स्वीकृति प्रदान गर्ने निर्णय गरिएको हो ।

यही वैशाख १५ गते बसेको मन्त्रिपरिषद् बैठकले ती प्रतिष्ठानको सरकारी लगानी व्यवस्थापन गर्न अर्थमन्त्रालयलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

प्रकाशित : २०८२ बैशाख २१, आईतवार १३:१६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ