अस्ट्रेलियन डलरको मूल्य बढ्यो, युरो र पाउन्डको घट्यो


काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ ।

आज अमेरिकी डलरको मूल्य स्थिर रहँदा अस्ट्रेलियन डलरको मूल्य बढेको छ। तर, युरो, पाउन्ड कुबेती दिनारसहितका विदेशी मुद्राको विनियमदर भने घटेको छ ।

आज अमेरिकी डलर १ को खरिददर १३५ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३५ रुपैयाँ ६४ पैसा छ। हिजो र अस्ती पनि अमेरिकी डलरको विनियमदर यही थियो ।

गएको माघ २५ गते अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ ४३ पैसा थियो । नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो ।

त्यसैगरि आज युरो १ को खरिददर १५२ रुपैयाँ ५४ पैसा र बिक्रीदर १५३ रुपैयाँ २२ पैसा छ । हिजो युरो १ को खरिददर १५३ रुपैयाँ १३ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८१ पैसा थियो ।

त्यस्तै आज पाउन्ड १ को खरिददर १७९ रुपैयाँ २३ पैसा र बिक्रीदर १८० रुपैयाँ ०३ पैसा छ । हिजो पाउन्ड १ को खरिददर १७९ रुपैयाँ ५५ पैसा र बिक्रीदर १८० रुपैयाँ ३५ पैसा थियो ।

त्यसैगरि अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ०२ पैसा र बिक्रीदर ८७ रुपैयाँ ४१ पैसा छ । हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ९१ पैसा र बिक्रीदर ८७ रुपैयाँ ३० पैसा थियो ।

त्यसैगरि कुबेती दिनार १ को खरिददर ४४० रुपैयाँ १९ पैसा र बिक्रीदर ४४२ रुपैयाँ १५ पैसा छ । हिजो कुबेती दिनार १ को खरिददर ४४० रुपैयाँ ३४ पैसा र बिक्रीदर ४४२ रुपैयाँ ३० पैसा थियो ।

आज बहराइन दिनार १ को खरिददर ३५८ रुपैयाँ १९ पैसा र बिक्रीदर ३५९ रुपैयाँ ७८ पैसा छ । हिजो बहराइन दिनार १ को खरिददर ३५८ रुपैयाँ १८ पैसा र बिक्रीदर ३५९ रुपैयाँ ७७ पैसा थियो ।

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ ।

हेर्नुहोस् राष्ट्र बैंकले निर्धारण गरेको सबै मुद्राको विनिमय दर –

प्रकाशित : २०८२ बैशाख २२, सोमबार ०६:४३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ