६ प्रदेशमा शिक्षकको तुलनामा विद्यार्थी संख्या न्यून, मधेशमा शिक्षक नै बढी !


काठमाडौं । ६ वटा प्रदेशको सामुदायिक विद्याललयमा शिक्षक संख्याको तुलनामा विद्यार्थीको संख्या न्यून रहेको पाइएको छ ।

महालेखाको आर्थिक वर्ष २०८०/८१ को प्रतिवेदन अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै क्षेत्रका विद्यालयमा शिक्षक संख्याको तुलनामा विद्यार्थीको संख्या न्यून देखिएको छ । तर, मधेश प्रदेशमा विद्यार्थी संख्याको अनुपात तोकिएभन्दा बढी देखिएको छ ।

शिक्षक विद्यार्थी अनुपात शिक्षा नियमावली, २०५९ को नियम ७७ मा सामुदायिक विद्यालयमा शिक्षक र विद्यार्थीको अनुपात हिमालमा ४०, पहाडमा ४५ र उपत्यका तथा तराईमा ५० हुनुपर्ने उल्लेख छ । तर, शिक्षक विद्यार्थीको अनुपात मिलेको छैन ।

सात वटै प्रदेशको औसत शिक्षकरविद्यार्थी अनुपात हिमाली क्षेत्रमा आधारभूत विद्यालय ९कक्षा १–५० मा १२।५६ जना, ९कक्षा ६–८० मा २०।४२ जना, माध्यमिक विद्यालय (कक्षा ९–१०)मा १९.६१ जना रहेको छ ।

पहाडी क्षेत्रमा आधारभूत विद्यालय (कक्षा १–५)मा १०.५७ जना, (कक्षा ६–८)मा १७.२२ जना, माध्यामिक विद्यालय (कक्षा ९–१०)मा २१.८३ जना रहेको छ । उपत्यका तथा तराई क्षेत्रमा आधारभूत विद्यालय (कक्षा १–५)मा २२.७२ जना, (कक्षा ६–८)मा ३८.६९ जना, माध्यामिक विद्यालय (कक्षा ९–१०)मा ३५.६४ जना देखिएको छ ।

‘सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्न भौगोलिक अवस्था, जनसङ्ख्या तथा विद्यार्थी सङ्ख्याको आधारमा सबै स्थानीय तहमा शिक्षक दरबन्दीको मिलान गर्नुपर्नेमा ६९ स्थानीय तहमा दरबन्दी मिलान भएको छ । नियमावलीको व्यवस्थाब मोजिम शिक्षकरविद्यार्थी अनुपात कायम हुने गरी शिक्षक व्यवस्थापन गर्नुपर्दछ,’ प्रतिवेदनमा भनिएको छ ।

प्रकाशित : २०८२ जेष्ठ २, शुक्रबार १६:१४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ