मधेशसहित पाँच प्रदेशले कानूनविपरीत अर्बौं रुपैयाँ भुक्तानी दिएको खुलासा


काठमाडौं । विभिन्न पाँच वटा प्रदेशले कानूनविपरीत अर्बौँ रुपैयाँ भुक्तानी गरेको पाइएको छ। निजामती सेवा सम्बन्धी कानुनबमोजिम तलबी प्रतिवेदन पारित गरेर मात्र तल भुक्तानी गर्नुपर्ने हुन्छ।

तर कोशी, मधेश, बागमती, लुम्बिनी र कर्णालीका ६०४ कार्यालयले ६ अर्ब ९ करोड ८२ लाख ९ हजार तलबका नाममा गैरकानुनी भुक्तानी दिएका महालेखाको वार्षिक प्रतिवेदनले औंल्याएको हो । सबैभन्दा धेरै लुम्बिनीका १९० कार्यालयले एक अर्ब ९९ लाख पाँच हजार ४०९ रुपैयाँ कानूनविपरीत भुक्तानी गरेको छ ।

यस्तै, कोशीका १८० कार्यालयले एक अर्ब ६३ करोड चार हजार ७९५, मधेशका १५९ कार्यालयले एक अर्ब ५६ करोड तीन हजार ५३३, कर्णालीका ५७ कार्यालयले ६९ लाख पाँच हजार ८७४ र बागमतीका १८ कार्यालयले २० लाख ८ हजार ५९८ रुपैयाँ तलबी प्रतिवेदन विना नै भुक्तानी गरेका हुन् ।

प्रकाशित : २०८२ जेष्ठ ३, शनिबार १६:२५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ