धनुषाको आकाशमा नेपाली सेनाको अभ्यास, तर्सिए सर्वसाधारण


जनकपुरधाम । नेपाल-पाकिस्तानबीच तनाव बढेको बेला धनुषाको आकाशमा नेपाली सेनाले सैन्य अभ्यास गर्दा सर्वसाधारण तर्सिएका छन् ।

धनुषाको आकाशमा आज बिहान सेनाले सैन्य अभ्यास गरेको हो । ढल्केबर, महेन्द्रनगर, हरिहरपुर क्षेत्रको लडाकु विमान जस्तै जहाज देखिएको र पटक पटक चक्कर लगाउँदा सर्वसाधारण तर्सिएका हुन् ।

जहाजबाट तल झर्न प्यारासुट प्रयोग गरिएको छ । आकाशमा जहाज चक्कर लगाइरहेको र प्यासुटको समेत प्रयोग भएको भिडिओ समेत सर्वसाधारणले खिचेर सामाजिक सञ्जालमा अपलोड गरेका छन् ।

धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले सेनाले जहाजमार्फत अभ्यास गरेको कुरा थाहा नभएको बताए ।

जिल्ला प्रहरी कार्यालय धनुषाका सूचना अधिकारी प्रहरी निरीक्षक सञ्जीव यादवले नेपाली सेनाले आकाशमा अभ्यास गरेको सूचना पाएको जानकारी दिए । उनले भने, ‘त्यो सेनाको नियमित अभ्यास हो ।’

नेपाली सेनाका प्रवक्ता सहायक रथी गौरव कुमार केसीले भिमानमा सेनाको तालिम चलिरहेको बताए । नेपाल प्रेसको जिज्ञासामा उनले भने, ‘जहाज र प्यारासुटको प्रयोगबारे थाहा भएन । बुझ्नुपर्छ ।’

प्रकाशित : २०८२ जेष्ठ ५, सोमबार ११:३८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ