लहान राजश्वले १८ सय करदाताको कारोबार रोक्यो


लहान । आन्तरिक राजश्व कार्यालय लहानले मासिक/चौमासिक विवरण पेश नगरेका करदाताको कारोबार रोक्का गरिएको छ ।

लहान कार्यालयमा दर्ता रहेका करिब १ हजार ८ सय करदाताले समयमा मासिक/चौमासिक विवरण पेश गरेको छैन । विवरण पेश नगरेका त्यस्ता करदाताको कारोबार रोक्का गरिएको र उनीहरु अब कारोबार गर्न नपाउने सो कार्यालयले जनाएको छ ।

विवरण पेश गरेपछि मात्र निलम्बन गरिएका करदाताहरुको कारोबार खुल्ला गरिने राजश्व कार्यालय लहानका प्रमुख भिम प्रसाद काफ्लेले जानकारी दिए । कारोबार रोक्का गरिएकाले प्रतिबन्ध सूचीबाट हटाउन वा अन्य विषयमा जानकारी पाउन सम्बन्धित कार्यालयमा सम्पर्क गर्न पनि राजश्व कार्यालय लहानले सूचना जारी गरेको छ ।

प्रकाशित : २०८२ जेष्ठ २०, मंगलवार १३:०७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ