मधेश सरकारको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित


जनकपुरधाम । मधेश प्रदेश सरकारको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको छ ।

प्रदेशसभाको मंगलबार बसेको बैठकले मधेस प्रदेश सरकारको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित गरेको हो ।

आर्थिक वर्ष २०८२–८३ का लागि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीद्वारा प्रदेशसभामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रम पारित गर्न मुख्यमन्त्री सतिशकुमार सिंहले प्रस्ताव पेस गरेका थिए । त्यसपछि बैठकले सर्वसम्मतले पारित गरेको हो ।

यसअघि नीति तथा कार्यक्रममाथि दुईदिन छलफल भएको थियो । छलफलका क्रममा प्रदेशसभा सदस्यहरूले उठाएका प्रश्नहरूको मुख्यमन्त्री सिंहले जवाफ दिएका थिए ।

प्रकाशित : २०८२ जेष्ठ २८, बुधबार ०८:५४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ