मधेश- साँसद दिपेन्द्र ठाकुरको निलम्बनबारे सभामुखले गराए संसदलाई जानकारी


जनकपुरधाम । मधेश प्रदेशसभामा नेकपा एमाले सांसद दिपेन्द्र ठाकुर निलम्बनबारे जानकारी गराइएको छ ।

बुधबार सभामुख रामचन्द्र मण्डलले प्रदेशसभा बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पठाएको निलम्बनसम्बन्धी पत्र पढेर जानकारी गराएका हुन् ।

मंगलबार अख्तियारले ठाकुरसहित १७ जनामाथि धनुषाको औरही गाउँपालकिामा १५ शय्याको अस्पताल निर्माणका क्रममा हिनामिना गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

ठाकुर धनुषा निर्वाचन क्षेत्र नम्बर ३ (२)बाट निर्वाचित भएका थिए । मधेश प्रदेशसभामा ठाकुर एमाले संसदीय दलका उपनेतासमेत रहेका थिए । उनको डी एन्ड एन बिल्डर्स प्रालिका तत्कालीन प्रबन्ध निर्देशक रहेको निर्माण कम्पनीबाट कार्य अनुभवलाई संशोधन गरी सात दिनको म्याद थप गरी ठेक्का हात पारेका थिए ।

ठाकुरविरुद्ध अख्तियारले ६ करोड ७९ लाख १२ हजार ३८३ रुपैयाँ बिगो कायम गरी कैद तथा जरिवाना माग गरेको छ ।

यसअघि लोकतानित्रक समाजवादी पार्टी ९लोसपा० संसदीय दलका नेतासमेत रहेका अभिराम शर्मा पनि मधेश आन्दोलनमा सशस्त्र प्रहरीका असई थमन विक हत्यामा जिल्ला अदालतबाट दोषी ठहर भएर निलम्बन भएका थिए ।

प्रकाशित : २०८२ जेष्ठ २८, बुधबार १७:०३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ