मनसुन पुन: सक्रिय,लुम्बिनीसम्म फैलियो


काठमाडौं । मनसुनी प्रणाली पुनः सक्रिय भएर लुम्बिनीसम्म फैलिएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले बिहीबार जारी गरेको बुलेटिन अनुसार, लामो समय कोशी प्रदेशमा मात्र सीमित रहेको मनसुनी प्रणाली पुनः सक्रिय भएर फैलिएको छ।

जेठ १५ (मे २९) राति कोशी हुँदै नेपाल प्रवेश गरेको मनसुनी वायु करिब १५ दिन अगाडि छिटो आएको थियो ।

तर, बंगालको खाडीमा न्यूनचापीय प्रणालीको कमी र पश्चिमी तथा स्थानीय वायुको प्रभावका कारण यो विस्तारमा रोकिएको थियो ।

बिहीबार पुनः सक्रिय हुँदै, मनसुनी प्रणाली अब कोशी प्रदेशका बाँकी क्षेत्रहरू, मधेश, बागमती, गण्डकीका केही भू–भाग, साथै पूर्वी लुम्बिनी प्रदेशमा फैलिएको छ ।

बाँकी प्रदेशहरूमा मनसुन प्रवेश गर्न केही दिन अझै समय लाग्ने महाशाखाको भनाइ छ ।

प्रकाशित : २०८२ जेष्ठ २९, बिहीबार १८:४९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ