इरानमा फसेका नेपालीको उद्धार गर्न भारतले सघाउने, सम्पर्क नम्बर जारी


काठमाडौँ । भारतले इरानमा फसेका नेपाली निकाल्न मद्दत गर्ने बताएको छ ।

इरानस्थित भारतीय दूतावासले आफ्ना छिमेकी मुलुक नेपाल र श्रीलंकाका नागरिकलाई इरानबाट निकाल्न सहयोग गर्ने जानकारी दिएको हो।

भारतीय दूतावासले आफ्नो एक्स अकाउन्टमा पोस्ट गर्दै भनेको छ: ‘नेपाल र श्रीलंका सरकारको अनुरोधमा अब भारतीय दूतावासले इरानमा फसेका नेपाल र श्रीलंकाका नागरिकहरूलाई निकाल्न पनि मद्दत गर्नेछ।’

भारतीय दूतावासले इरानमा फसेका नेपाली र श्रीलंकाली नागरिकहरूलाई सम्पर्क गर्न आग्रह गरेको छ । यसका लागि भारतीय दूतावासले टेलिग्राम च्यानल र आपतकालीन नम्बर पनि सार्वजनिक गरेको छ ।

यी हुन् नम्बर:
+९८९०१०१४४५५७; +९८९१२८१०९११५; +९८९१२८१०९१०९)

जुन १३ देखि इरान र इजरायलबीच युद्ध जारी छ । एकअर्काविरुद्ध हवाई हमला गरिरहेका छन् ।

प्रकाशित : २०८२ असार ७, शनिबार १४:१३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ