एमाले सांसद भट्टराईकै आपत्ति– संसद्प्रति मन्त्रीहरू स्वयंम जिम्मेवार भएनन्


काठमाडौं । नेकपा एमालेका सचिव एवं सांसद योगेश भट्टराईले संसद्प्रति मन्त्रीहरू जिम्मेवार नभएको भन्दै आपत्ति जनाएका छन् ।

शनिबार प्रतिनिधिसभा बैठकमा उनले आपत्ति जनाएका हुन् । एकैपटक १० मन्त्रालयमाथिको छलफल गर्नुपर्ने स्थिति आउनु संसद्प्रति मन्त्रीको गैरजिम्मवारी भएको उनले टिप्पणी गरे ।

‘…१० वटा किन पुग्यो भने हिजो केही मन्त्रीजीहरू आउनु भएन । अस्ति केही मन्त्रीजीहरू आउनु भएन,’ उनले भने, ‘अनि, थपिँदै थपिँदै जाँदा १० वटा पुग्यो ।’

उनले संसद्‌मा विनियोजन शीर्षकमाथिको छलफल भइरहेका बेला योभन्दा महत्त्वपूर्ण अर्को काम के होला ? भन्दै प्रश्न गरे । उनले भने, ‘म माननीय मन्त्रीज्यूहरूलाई भन्न चाहन्छु– संसद् चलिरहेको बेलामा, विनियोजन शीर्षकमाथिको छलफल भइरहेको बेलामा त्योभन्दा महत्त्वपूर्ण अर्को काम के होला यहाँ ? जसले गर्दा यहाँ नआएर अन्तै जानुपर्ने के पर्‍यो होला ?

सचिव भट्टराईले विधेयकमा गम्भीरताका साथ भाग लिन मन्त्रीहरूलाई सुझाव दिए ।

प्रकाशित : २०८२ असार ७, शनिबार १७:००

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ