मधेसमा २४ जनासहित देशभर १५ सय बढीमा डेंगु संक्रमण


काठमाडौं । देशभर १ हजार ५६१ जनामा लामुखुट्टेको टोकाईबाट सर्ने डेंगु संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत पुस महिनादेखि बढ्न थालेको संक्रमण ७३ जिल्लामा फैलिएको छ ।

बागमती, कोसी, गण्डकी प्रदेशमा बढी देखिएको डेंगु संक्रमण एक सातामा ९० जनामा देखिएको छ ।

हाल बागमतीमा ३८३, गण्डकीमा ३१५, कोसीमा ३१२,सुदुरपश्चिममा २२३,कर्णालीमा ३२ र मधेस प्रदेशमा २४ जनामा डेंगु देखिएको छ ।

प्रकाशित : २०८२ असार १०, मंगलवार १७:३५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ