विराटनगरमा कोरोना संक्रमित महिलाको मृत्यु


काठमाडौंं । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

आज बिहान अस्पतालमा भर्ना भएकी इलामकी ३९ वर्षीय महिलाको मृत्यु भएको अस्पतालका निर्देशक नवीन दाहालले थाहाखबरलाई जानकारी दिए । उनका अनुसार आकस्मिक कक्षमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।

मृतक महिलालाई सात दिन अघिदेखि स्वास्थ्यमा समस्या थियो । श्वासप्रश्वासमा समस्या हुने र ज्वरो आउने समस्या बढेपछि हिजो बिर्तामोडको बिर्तासिटी अस्पतालमा परीक्षण गरिएको थियो ।

त्यस परीक्षणका क्रममा कोरोना (कोभिड–१९) संक्रमण भएपछि थप उपचारका लागि विराटनगरको नोबेल अस्पताल ल्याइएको थियो ।

कोशी प्रदेशमा पछिल्लो समय कोरोना संक्रमित देखिरहेका छन् ।

प्रदेश स्वास्य मन्त्रालयका अनुसार कोशी प्रदेशमा ८ जनालाई कोरोना संक्रमण देखिएको छ। संक्रमितमध्ये झापाका ४ जना र मोरङ तथा इलामका २–२ जना छन् ।

प्रकाशित : २०८२ असार १०, मंगलवार १७:४०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ