एमाले नगर अध्यक्ष साहलाई कडा कारबाही गर्न समाजवादी प्रेस संगठनको माग


सिरहा । नेकपा एमाले लहानका नगर अध्यक्ष राजकुमार साहलाई कारबाहीको दायरामा ल्याउन नेपाल पत्रकार महासंघ मधेश प्रदेश, जिल्ला शाखाहरु र प्रेस संगठनहरु माग गरेका छन् ।

दुई दिन अगाडी एमाले लहानका नगर अध्यक्ष साहले सामाजिक सञ्जालमा नेपाल पत्रकार महासंघ सिरहाका सभापति मनोज मनैतामाथि अमर्यादित र राजनीतिक संस्कारहिन टिप्पणी गरेका थिए । उनले लगाएको आक्षेप र टिप्पणीको घोर भत्र्सना गर्दै पत्रकार महासंघ र प्रेस संगठनहरु कारबाहीको दायरामा ल्याउन सम्बन्धित निकायसँग माग गरेको हो ।

आज समाजवादी प्रेस संगठन सिरहाका अध्यक्ष जयनाथ यादवले पनि गैरजिम्मेवार अभिव्यक्ति दिएका एमाले नगर अध्यक्ष साहलाई कडा कारबाही गर्न सरोकारवाला निकायसँग माग गरेका छन् । उनले संगठित लगाएका आक्षेपहरु नेपाली पत्रकारिता क्षेत्रलाई कमजोर बनाउने, व्यक्ति विशेषको चरित्र हत्या गर्ने र प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्ने नियोजित प्रयास गरेको ठहर गरेको छ ।

उनले विज्ञप्तीमा भनेका छन्– समाजवादी प्रेस संगठन सिरहा शाखा आधारहीन आरोपहरुको घोर भत्र्सना गर्दछ र सामाजिक रुपमा यस्तो भ्रमपूर्ण प्रचारविरुद्ध आम सञ्चार माध्यमहरु, सरोकारवालाहरुलाई एकजुट भई विरोध जनाउन अपिल गर्दछ ।’

यो पनि हेर्नुहोस् :

एमाले लहानका नगर अध्यक्ष साह बने उदण्ड ! कारबाही गर्न पत्रकार महासंघ सिरहाको माग

प्रकाशित : २०८२ असार १९, बिहीबार १०:५१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ