मधेसमा खडेरी, सरकारले सुख्खाग्रस्त प्रदेश घोषणा गरेर सस्तो लोकप्रियता कमाउन खोजे !


जनकपुरधाम । मधेश प्रदेश खडेरीको चपेटामा परेको छ । बर्षा नभएपछि अधिकांश उब्जाउ खेत बाँझो परेको छ । किसान चिन्तित छन् ।

बिहिवार मधेश सरकारले प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गर्यो । तर किसानलाई राहत प्याकेज घोषणा गर्न संघ सरकारसँग आग्रह गर्ने मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको हो ।

प्रदेशमा हरेक वर्ष ठूलो रकम फ्रिज हुँदै आएको छ । चालु आवमा सबभन्दा अधिक करिब ७१ प्रतिशत खर्च गर्दा पनि लगभग २९ प्रतिशत बजेट फ्रिज भयो । प्रदेश सरकार आफ्नो बजेट खर्च गर्न सक्दैनन् । तर हरेक काममा संघ सरकारसँग हात जोड्ने प्रवृत्ति मौलाएको छ ।

किसानलाई विशेष राहत प्याकेजका लागि संघलाई गुहार्ने गरेको निर्णयको आलोचना भइरहेको छ । मुख्यमन्त्रीका पूर्व प्रेस सल्लाहकार समेत रहेका पत्रकार अनिल कर्ण फेसबुकमा लेखेका छन्–

मधेश प्रदेश सरकारले प्रदेशलाई सुख्खा क्षेत्र घोषणा गरेको छ अनि राहतका जम्मै कामका लागि सङ्घ सरकारलाई आग्रह गरेको छ ।
सुख्खा क्षेत्र घोषणा गर्ने काम पनि संघ सरकारकै जिम्मामा छाड्नुपर्थ्यो । सस्तो लोकप्रियता र लोकरिझाइँका लागि जे पनि गर्ने ।
डाँर सक्कत करह हौ मन्त्रीजीसभ !

प्रकाशित : २०८२ असार २७, शुक्रबार ०९:०१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ