दुर्गा प्रसाईलाई २८ लाख धरौटीमा छाड्न उच्च अदालतको आदेश


काठमाडौं । राजावादी आन्दोलन हिंस्रक बनाएको भन्दै पक्राउ परेका दुर्गा प्रसाईलाई उच्च अदालत पाटनले २८ लाख धरौटीमा छाड्न आदेश दिएको छ ।

१५ चैतमा भएको राजावादी आन्दोलनसँग जोडिएको मुद्दा र बैंकिङ कसुर दुवैमा उनलाई धरौटीमा छाड्न आदेश दिएको हो । प्रसाईंलाई बैंकिङ कसुरमा २५ लाख र राजावादी प्रदर्शनमा ३ लाख गरी २८ लाख रुपैयाँ धरौटी माग गर्दै रिहा गर्न आदेश गरेको हो ।

उच्च अदालत, पाटनका न्यायाधीश सुदर्शनदेव भट्ट र मुनेन्द्रप्रसाद अवस्थीले उनलाई बैंकिङ कसुरमा २५ लाख रुपैयाँ धरौटी मागेको हो । उनी तत्काल निर्दोष रहेछन् भन्ने भन्न नसकिने भए पनि क्यान्सर रोगबाट पीडित रहेको विषयलाई समेत मध्यनजर गर्दै अदालतले धरौटीमा छाड्ने आदेश दिएको हो ।

अदालतले उनलाई चैत १५ गते भएको हिंसात्मक प्रदर्शनसँग जोडिएको मुद्दामा धरौटीमा छाड्न आदेश दिएको हो । उनीविरुद्ध राज्यविरुद्धको कसुर, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र आपराधिक उपद्रवमा जिल्ला अदालत, काठमाडौंमा मुद्दा दर्ता भएको थियो ।

काठमाडौं अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । त्यसपछि प्रसाईं डिल्लीबजार कारागारमा थिए । त्यहीबीच उनले जिल्लाको आदेशविरुद्ध उच्च अदालतमा निवेदन दिएका थिए ।

उच्च अदालतका न्यायाधीश टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको इजलासले उनलाई ३ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेशको छ ।

फरक फरक मुद्दामा सोमबार भएको आदेशबाट उनलाई २८ लाख धरौटीमा माग गरिएको हो । राज्यविरुद्धको विरुद्धको कसुर, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र आपराधिक उपद्रवमा जिल्ला अदालत, काठमाडौंमा मुद्दा दर्ता भएको थियो ।

काठमाडौं अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । त्यसपछि प्रसाईं डिल्लीबजार कारागारमा थिए । त्यहीबीच उनले जिल्लाको आदेशविरुद्ध उच्च अदालतमा निवेदन दिएका थिए ।

राजावादी प्रदर्शनमा संलग्न रहेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका थप तीन जनालाई पनि अदालतले धरौटीमा छाड्न आदेश दिएको छ । अदालतले सुशील बराल र सरोज गौतमलाई ५०र५० हजार रुपैयाँ धरौटी माग गर्दै रिहा गर्न आदेश गरेको हो । दण्डपाणी रेग्मीलाई भने जम्मा १० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

प्रकाशित : २०८२ श्रावण २०, मंगलवार ०८:१४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ