सप्तरीमा एकै दिन दुईटा दुर्घटना : भाउजुको मृत्यु हुँदा देबर भतिजासहित एम्बुलेन्सबाटै फरार


लहान । सप्तरीमा एकै दिन दुईटा दुर्घटनामा एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बलान बिहुल गाउँपालिका २ दिघिया टोल बस्ने श्याम यादवकी ३० बर्षीया पत्नी शान्ति कुमारी यादव छन् ।

आज दिउँसो १ बजेतिर शान्ति आफ्नै देबर गयाप्रसाद यादवले चलाएको अन टेस्ट मोटरसाइकलमा आफ्ना तीन बर्षीय छोरा समेतलाई लिई बोदे बर्साइनबाट चन्हीतर्फ गइरहेकी थिइन् ।

सोही क्रममा बलानविहुल गाउँपालिका ६ शेहरा चौक स्थित हुलाकी सड्क खण्डमा मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा चालक गयाप्रसाद, शान्तिदेवी र उनका ३ बर्षीय छोरा आदित्य घाइते भए । उनीहरुलाई उपचारको लागि छिन्नमस्ता अस्पताल राजविराज पठाईएकोमा मोटरसाइकल चालक गया ३ बर्षे बालक आदित्य समेतलाई लिई एम्बुलेन्सबाटै फरार भएको प्रहरीले जनाएको छ ।

शान्ति कुमारी यादवलाई अस्पतालमा इसिजी गर्दा चिकित्सकले मृत घोषणा गरेको र शव सोही अस्पतालमा राखिएको छ ।

फरार भएका मोटरसााइकल चालकको खोजी भइरहेको तथा मोटरसाइकल प्रहरी चौकी मौवाहाको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

यसअघि शम्भुनाथ नगरपालिकामा भएको दुर्घटनामा एक युवकको ज्यान गएको छ भने एक दम्पत्ति घाइते भएका छन् ।

प्रकाशित : २०८२ श्रावण २६, सोमबार १८:३९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ