नेपालमा एक सयभन्दा अरु दरका भारतीय मुद्रा कारोबार गर्न बन्देज


काठमाडौँ —राष्ट्र बैंकले १ सयबाहेक अरु दरका भारतीय मुद्रा (नोट) साथमा नराख्न, ओसारपसार नगर्न र कारोबार नगर्न नेपाली नागरिकलाई आग्रह गरेको छ । हाल नेपालमा एक सयभन्दा अरु दरका भारतीय मुद्रा कारोबार गर्न बन्देज छ।

यद्यपि केही नेपालीले भारु २ सय, ५ सय र २ हजार दरका नोट साथमा लिएर हिँडेको अथवा ओसारपसार गरेको भेटिएपछि पुनः जानकारीका लागि भन्दै राष्ट्र बैंकले सर्वसाधारणलाई उक्त निर्देशन दिएको हो ।

‘२०७५ पुस २३ मा राजपत्रमा प्रकाशित सूचना बमोजिम कसैले पनि सन् २०१६ नोभेम्बर ९ भन्दा अघि चलनचल्तिमा रहेका भारतीय रुपैयाँ ५ सय र एक हजार दरका नोट कारोबार गर्न प्रतिबन्ध छ,’ राष्ट’ बैंकले भनेको छ, ‘भारतीय रुपैयाँ दुई सय, पाँच सय र दुई हजार दरका नोट साथमा राख्न, ओसारपसार गर्न र कारोबार गर्न नपाइने व्यवस्था रहेको छ । यसकारण नेपाली नागरिकले भारतबाहेक अन्य मुलुकमा भारतीय रुपैयाँ लैजान वा अन्य मुलुकबाट भारतीय रुपैयाँ नेपाल ल्याउन नपाउने व्यवस्था रहेको बेहोरासमेत पुनः जानकारी गराइन्छ ।’

प्रकाशित : २०८२ भाद्र १०, मंगलवार १६:१२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ