उस्तै मुद्दा, अदालत उही, न्यायाधीश पनि उही, आदेश भने फरक


टोखाका मेयर तथा एमाले नेता प्रकाश अधिकारीलाई सहकारी ठगी मुद्दामा सफाइ, रविको भने धरौटी पनि अस्वीकार

उस्तै मुद्दामा उही अदालत र उही न्यायाधीश भए पनि ठुला दलका अरू नेताहरू र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको हकमा फरक–फरक आदेश भएका छन्, जसलाई उनको पार्टी र समर्थकहरूले राजनीतिक प्रतिशोधको संज्ञा दिएका छन् ।

टोखा नगरपालिकाका मेयर तथा एमाले नेता प्रकाश अधिकारीलाई सहकारी ठगी मुद्दामा सर्वोच्च अदालतले गत साता मात्रै सफाइ दियो । नाङ्लो दीप सहकारीका सञ्चालक हुँदा निक्षेपकर्ताको करिब एक करोड ८३ लाख ठगी गरेको आरोपमा अधिकारीमाथि मुद्दा दायर भएको थियो ।

जिल्ला अदालतले ०७३ मा सफाइ दिएको भए पनि उच्च अदालत पाटनले उल्ट्याएर ०७५ मा अधिकारीलाई १८ लाख ३१ हजार जरिवाना र एक महिनाको कैद सजाय सुनाएको थियो ।

तर, सर्वोच्चले अधिकारीलाई सफाइ दियो । सफाइ दिने फैसला गर्ने र रवि लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश सदर गर्ने दुवै संयुक्त इजलासमा न्यायाधीश बालकृष्ण ढकाल एकजना थिए । ढकाल र कुमार रेग्मीको इजलासले अधिकारीलाई सफाइ दिएको थियो ।

त्यस्तै, रविलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश सदर गर्ने इजलासमा न्यायाधीश नहकुल सुवेदीसँगै ढकाल पनि थिए । रवि सहकारीको सञ्चालक, सदस्य, ऋणी वा बचतकर्ता केही थिएनन् । तर, सहकारीको सञ्चालक र उपाध्यक्ष नै रहेका एमाले नेतासमेत रहेका अधिकारीले भने सफाइ पाए ।नयाँ पत्रिका

प्रकाशित : २०८२ भाद्र ११, बुधबार १३:३४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ