सिरहाका मजदुर कामैतको कतारमा दुर्घटनामा निधन, शव घर आउँदै


सिरहा । कतारमा भएको सवारी दुर्घटनामा एक नेपाली मजदुरको निधन भएको छ । निधन हुनेमा सिरहाको सुखिपुर नगरपालिका ५ लरकन्हाका लटु कामैत छन् ।

दुर्घटनामा कामैतको निधन भएको कतारमै रहेका सिरहा, इटाटारका रामबाबु महराले जानकारी दिए । उनका अनुसार १ नोभेम्बर साँझ करिब साढे ५ बजे गाडीले कामैतलाई ठक्कर दिएको थियो । सो घटनामा घाईते कामैतको उपचारको क्रममा ६ नोभेम्बरमा निधन भयो ।

कामैतको पार्थिव शरीर मंगलबार राति कतारबाट नेपाल पठाइएको छ । आज विहान उनको पार्थिक शरीर काठमाडौं आइपुगेको छ । नेपाली दूतावास र सम्बन्धित कम्पनीको समन्वय र जनमत पार्टीको भातृ संगठन “गैरआवासीय मधेसी संघ”को पहलमा कामैतको शव नेपाल पठाइएको बुझिएको छ ।

कामैतको पार्थिव शरीर नेपाल पठाउन गैरआवासीय मधेसी संघ, कतार शाखाका पदाधिकारीहरू राष्ट्रिय अध्यक्ष जितेन्द्रकुमार यादव, सह–अध्यक्ष रामबाबु राम, स्थायी समिति सदस्य तथा अन्तर्राष्ट्रिय सदस्य राम जुलुम शाह र स्थायी समिति सदस्य तथा अन्तर्राष्ट्रिय सदस्य नन्दकुमार ठाकुरले सहयोग गरेका थिए ।

कामैतको शव नेपाल पठाउन उनकै गाउँका बृजमोहन मण्डलले पहल गरेका थिए ।

प्रकाशित : २०८२ कार्तिक २६, बुधबार १४:०६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ