मधेशमा मन्त्री बनेकी बिच्छाको सदस्यता खारेज गर्न राप्रपाद्वारा प्रदेशसभामा पत्राचार


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टी निर्देशनविपरीत मधेश प्रदेश सरकारमा मन्त्री बनेकी कञ्चन बिच्छाको प्रदेशसभा सदस्यता खारेज गर्न प्रदेशसभालाई पत्राचार गरेको छ ।

प्रदेशसभा सचिवालयका सचिव बासुप्रसाद कोइरालाका अनुसार राप्रपाले आइतबार नै सांसद बिच्छाको सदस्यता खारेजी लागि पत्राचार गरेको हो । सचिव कोइरालाले हिजो आइतबार ढिलो गरी पत्र प्राप्त भएको र आज त्यस विषयमा सभामुखसँग छलफल गरी सूचना प्रकाशित गरिने बताए ।

समानुपातिकतर्फबाट प्रदेशसभा सदस्य रहेकी बिच्छा २४ कात्तिकमा मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकारले गठन गरेको मन्त्रिपरिषद्मा बिनाविभागीय मन्त्री बनेकी थिइन् । त्यसपछि ८ मंसिरमा उनलाई वन तथा वातावरणमन्त्रीको जिम्मेवारी तोकिएको थियो ।

प्रकाशित : २०८२ मंसिर १५, सोमबार ०९:०४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ