नेपालमा बढ्दै यौनकर्मी, दक्षिण एसियामै सबैभन्दा धेरै नेपाल चौथो नम्बरमा


काठमाडौं । दक्षिण एसियाली देशहरूमा सबैभन्दा धेरै यौनकर्मी हुने देशको सूचीमा नेपाल चौथो स्थानमा देखिएको छ ।

सार्कको एचआईभी–एड्स केन्द्र काठमाडौंमा आज विश्व एड्सविरुद्धको दिवशको अवसरमा राखिएको कार्यक्रममा उपनिर्देशक डाक्टर राबेया सुल्तानाका अनुसार नेपाल भारत, पाकिस्तान र बंगलादेशपछि सबैभन्दा धेरै यौनकर्मी हुने देश भएको छ ।

नेपालमा सन् २०२४ सम्म मात्रै १ लाख १५ हजार ९ सय नेपाली यौनकर्मी भएको बताइएको छ । नेपालभन्दा एक स्थानमाथिको बंगलादेशमा १ लाख ६१ हजार ८०० यौनकर्मी देखिएका छन् भने पाकिस्तानमामा २ लाख २८ हजार ८०० यौनकर्मी देखिएका छन् ।

सबैभन्दा धेरै यौनकर्मी भएको भारतमा ९ लाख ९५ हजार ५०० यौनकर्मी आएको आकडा देखाइएको छ । दक्षिण एसियाको सार्कक्षेत्रमा सबैभन्दा कम यौनकर्मी भुटानमा ६०० भएको देखिएको छ भने माल्दिभ्समा यौनकर्मीको तथ्यांक नभएको पाइएको छ ।

दक्षिण एसियामा १५ लाख यौनकर्मी भएको आकडा उपनिर्देशक सुल्तानाले प्रस्तुत गरेकी थिइन् ।

यौनकर्मीको आकडामा नेपाल दक्षिण एसियामा अगाडि भएता पनि नेपालमा एड्स संक्रमण पछिल्ला २० वर्षमा ९० प्रतिशतले घटेको पाइएको छ । यो दक्षिण एसियाकै सबैभन्दा ठूलो आकडा हो ।

प्रकाशित : २०८२ मंसिर १६, मंगलवार ०८:१४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ