मधेशले आज नयाँ मुख्यमन्त्री पाउँदै, दलहरुबीच किचलो कायमै


काठमाडौंं । मधेश प्रदेशमा नयाँ मुख्यमन्त्रीका लागि दाबी पश गर्ने समय आज सकिँदैछ ।

प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले आज साँझ पाँच बजेसम्म संविधानको धारा १६८(२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गर्न समय दिएका छन् । तर, दलहरुबीच अँझै सहमति जुट्न सकेको छैन । दाबी प्रस्तुत गर्नुअघि एमाले बाहेकका सात दलीय गठबन्धनका नेताहरु आन्तरिक छलफलमा व्यस्त छन् ।

हिजो दिनभरजसो उनीहरुबीच छलफल भए पनि नयाँ मुख्यमन्त्री टुंग्याउन सकेनन् । जसपा संसदीय दलका नेता सरोजकुमार यादवले नयाँ मुख्यमन्त्रीको टुंगो लागेको र आज दिउँसो २ बजे सात दलले नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख कार्यालयमा दाबी पेश गर्ने बताएका थिए । तर, अहिलेसम्म सहमति भइसकेको छैन ।

मुख्यमन्त्री र मन्त्रीसहितका सबै नियुक्ति प्याकेजमै सहमत गर्ने तायरी भए पनि लोसपाले मुख्यमन्त्रीको दाबी नछोडेको कांग्रेस संसदीय दलका नेता कृष्ण प्रसाद यादवले जानकारी दिए। कांग्रेसले यादवलाई नै मुख्यमन्त्रीमा अघि सारेको छ ।

लोसपाबाट जितेन्द्र कुमार सोनल मुख्यमन्त्रीको आकांक्षी छन् । उनका अनुसार सहमतिका लागि आज बिहान ९ बजे फेरि दलहरु छलफलमा जुट्दैछन् ।

नेताहरुले सात दलबीचको सहमतिमै मुख्यमन्त्रीमा दाबी पेश गर्ने बताइरहेका छन् ।

सर्वोच्चको आदेशअनुसार विश्वासको मत लिन नसकेपछि बुधबार एमाले संसदीय दलका नेता सरोजकुमार यादवले मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए। योसँगै मधेशमा छैठौँ मुख्यमन्त्री छान्न रस्साकस्सी चलेको हो ।

प्रकाशित : २०८२ मंसिर १९, शुक्रबार ०९:०४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ