सिरहाका क्रसर उद्योगहरु अवैध, मापदण्ड विपरित उत्खनन


जयनाथ यादव,लहान । सिरहाका विभिन्न ठाउँमा सञ्चालित क्रसर उद्योगहरु अवैध रहेको पाइएको छ । क्रसर उद्योगले मापदण्ड विपरित कानूनलाई लत्याउँदै उत्खनन गरिरहेको पनि खुलेको हो ।

केहिदिन अगाडी प्रशासनले क्रसर उद्योगहरुको अनुगमन गरेको थियो । अनुगमन टोलीमा सहायक प्रजिअ चेतराज बराल, नेपाल प्रहरीका डिएसपी रमेश बहादुर पाल, अनुसन्धानको डिएसपी रिझन यादव, सशस्त्रका डिएसपी श्याम बाबु यादव, लहानका प्रमुख प्रशासकीय अधिकृत जयकान्त झा र आन्तरिक राजस्व कार्यालय प्रमुख सहभागि थिए ।

अनुगमनको क्रममा क्रसर उद्योगहरु दर्ता बिना संचालनमा रहेको पाइएको सो टोलीले जनाएको छ । ति क्रसर उद्योगहरुले खुट्टी खोला, सरे खोला र बलान

खोलामा मापदण्ड विपरित उत्खनन गरिरहेको पनि पाइयो । पुल भन्दा ५०० मिटर क्षेत्रभित्र उत्खनन गर्न नपाउने कानूनी व्यवस्था छ। तर कानून र मापदण्ड लत्याएर पुल नजिकै पनि बालुवा गिट्टी उत्खनन गरिरहेको अनुगमनमै सहभागी एक अधिकारीले बताए ।

ति अधिकारीका अनुसार कसहा खोलामा ३५ फिटसम्म उतखन्न गरिएको छ। लगभग २० ठाउँमा अवैध ढंगले उत्खनन गरिएको छ। अवैध उत्खनन गर्नेलाई आवश्यक कारवाही गर्न भु–गर्भ तथा खानी विभागमा पत्राचार गरिएको अनुगमन टोलीले जनाएको छ ।

प्रकाशित : २०८२ मंसिर २३, मंगलवार १२:११

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ