घुस मागेको गुनासो गर्दा जेनजी कुटिए


लहान । सप्तरीको बोदेबरसाइन नगरपालिका २ का वडा सचिव रामसुन्दर यादवले जन्मदर्ता प्रतिलिपिका लागी सेवाग्राहीसँग घुस लिएको र सोबारे गुनासो गर्न पुगेका जेनजीलाई कुटपिट भएको छ ।

सोमवार जेनजी बोदेवरसाइन नगर संयोजक ई. ज्योती कुमार यादवले जिल्ला प्रसाशन कार्यालयमा ज्ञापनपत्र बुझाएपछि वडासचिवले घुस लिएको र गुनासो गर्दा जेनजी यूवाहरुमाथी कुटपिट गरेको घटना सार्वजनिक भएको हो । जेनजी नगर संयोजक यादवले सोही विषयमा ज्ञापनपत्र बुझाउँदै वडा अध्यक्ष र सचिवको राजिनामा सहित कारबाही नभए चरणबद्ध आन्दोलनमा जाने चेतावनी दिएका छन् ।

ज्ञापनपत्रमा भनिएको छ, ‘जन्म दर्ताको प्रलिलिपि बनाउन सेवाग्राही किफायत मियाँसंग वडासचिवले २५ सय रुपैयाँ मागेका थिए । त्यसमा सेवाग्राहीसँग ९ सय रुपैयाँ वडासचिवले लिए पनि । थप १६ सय रुपैया पनि मागे । त्यस विषयमा गुनासो गर्न पुगेपछि जेनजी नगर कमिटि बोदेबरसाइनको कोषाध्यक्ष संजित कुमार साह र वरिष्ट सल्लाकार सुरेन्द्र प्रसाद साहमाथि हातपात तथा गालिगलौज गरेको थियो ।’

जेनजी यूवाहरुमाथि वडासचिव,वडाअध्यक्ष रामप्रसाद रामले फोन गरी एकहुल मान्छे बोलाएर हातपात गर्न लगाउनुका साथै मोवाइल समेत खोसेको र धाकधम्की दिएको पनि आरोप लगाइएको छ ।

प्रकाशित : २०८२ मंसिर २३, मंगलवार २१:३१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ