एमाले नेता श्रेष्ठले छोडे पार्टी


काठमाडौं । नेकपा (एमाले) का सक्रिय नेता सुजन कुमार श्रेष्ठले संगठित सदस्यता र सम्पूर्ण जिम्मेवारीबाट एकैपटक राजीनामा दिँदै नेतृत्व र कार्यशैलीमाथि गम्भीर आरोप लगाएका छन् ।

संखुवासभा जिल्ला कमिटीका अध्यक्षलाई सम्बोधन गर्दै श्रेष्ठले राजीनामा पत्र बुझाएका हुन् । लामो समयदेखि एमाले राजनीतिमा सक्रिय रहँदै आएका श्रेष्ठको यो कदमलाई सामान्य राजीनामा होइन, खुला विद्रोहका रूपमा हेरिएको छ ।

राजीनामा पत्रमा उनले एमालेभित्र जनवादी केन्द्रीयताको नाममा चरम लेनिनवादी शैली हाबी भएको र सधैं एउटै अनुहारलाई नेतृत्वमा दोहोर्‍याउने प्रवृत्ति मौलाएको आरोप लगाए ।

‘११औँ महाधिवेशनका बेला जिल्लादेखि केन्द्रसम्म निश्चित नेताहरूको मात्र बोलवाला चल्यो, इमानदार कार्यकर्ता पन्छाइए,’ श्रेष्ठ लेख्छन्, ‘कार्यकर्तालाई प्रशिक्षण र अवसरबाट विमुख राखियो । बहसको संस्कृति दबाइयो । यस्तो अवस्थामा पार्टीभित्रै बसिरहनु भन्दा नयाँ सोचतर्फ अघि बढ्नु उचित देखियो ।’

प्रकाशित : २०८२ पुष १३, आईतवार १८:२६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ