कोरोना कोषमा नेपाल आयल निगमद्वारा ५० करोड सहयोग


काठमाडौं ; नेपाल आयल निगमले सरकारलाई ५० करोड रुपैयाँ सहयोग गरेको छ । नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा ५० करोड रुपैयाँ जम्मा गरिएको निगमले जनाएको छ ।

बुधबार बसेको निगमको सञ्चालक समितिको बैठकले सरकारी कोषमा ५० करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरेको थियो । निगमले ५० करोड रुपैयाँको चेक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई हस्तान्तरण गरेको जनाएको छ ।

प्रकाशित : २०७६ चैत्र २०, बिहीबार १४:५०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ