प्रदेश २ मा कोरोना नियन्त्रणको लागि नीति बनाउने जिम्मा विज्ञहरुलाई


जनकपुरधाम : मुख्यमन्त्री लालबाबु राउतको नेतृत्वमा रहेको कोरोना महामारी नियन्त्रण निर्देशक समितिले महामारी नियन्त्रणका लागि आवश्यक नीति निर्माण गर्ने जिम्मा सम्बन्धित विज्ञहरुलाई दिएको छ ।

निर्देशक समितिले हिजो मात्र गठन गरेको स्वास्थ्य सल्लाहकार समिति संगको बैठकमा मुख्यमन्त्री राउतले महामारी नियन्त्रणको लागि सरकारले गर्नु पर्ने कार्यहरुको तथ्यगत सूचि सहितको नीति निर्माण गर्ने जिम्मेवारी दिनु भएको छ । उहाँले सल्लाहकार समितिलाई सम्बन्धित विज्ञहरु संगको सल्लाहमा नीति बनाएर प्रदेश सरकारलाई यथाशिघ्र उपलब्ध गराउन आग्रह गर्नु भएको हो ।

बैठकमा मुख्यमन्त्रीको नेतृत्वमा रहेको निर्देशक समिति, प्रमुख सचिवको नेतृत्वमा रहेको कार्यकारी समिति र स्वास्थ्य सल्लाहकार समितिका सदस्यहरुको उपस्थिति रहेको थियो ।

सल्लाहकार समितिमा डा. राम केवल साह, डा. सुरेन्द्र यादव, डा. प्रविण मिश्र, डा. काशिकान्त झा, डा. विजय कुमार सिंह, डा. गरिब दास ठाकृुर, डा. जेके लाल रहनु भएको छ । सल्लाहकार समितिले आजै बाट कार्य प्रारम्भ गरेर यथाशिघ्र आफना सुझावहरु सरकारलाई बुझाउने डा. राम केवल साहले बताउनु भएको छ ।

प्रकाशित : २०७६ चैत्र २१, शुक्रबार ११:३८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ