कोरोना रोक्न प्रदेश २ सरकारको तयारी युद्ध स्तरमा, सरकार फेरी यस्तो कदम उठाउँदै


जनकपुरधाम विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणकालागि प्रदेश २ सरकारले आफ्नो तयरी युद्धस्तरमा अघि बढाएको छ।
महामारीका कारण नेपाल सरकारले जारी गरेको लकडाउन सफल बनाउन गरिब तथा दैनिक ज्यालाका मजदुरहरुलाई स्थानीय तह मार्फत राहत उपलब्ध गराइ रहेको प्रदेश सरकार दोस्रो चरणमा महामारी नियन्त्रणका अन्य तरिकाबाट समेत तयारीमा जुटेको हो ।

चैत २० गते मात्रै मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको कोरोना महामारी नियन्त्रण निर्देशक समितिले प्रादेशिक अस्पताल जनकपुर कोरोना परीक्षणका लागि पिसिआर मसिन जडान भइ परीक्षण शुरु गरि सकेको अवस्थामा प्रदेशका प्रमुख व्यापारिक नगरी विरगंज र सप्तरीको राजविराजमा समेत पिसिआर मेसिन जडान गर्न समाजिक विकास मन्त्रालयलाई निर्देशन दिएको छ । साथै कोरोना महामारीको सम्भावित खतरालाई मध्य नजर गर्दै प्रदेश भरिमा ५० वटा भेन्टिलेटर सहितको आइसियु तैयार गर्न समेत निर्देशन दिएको छ ।

जसमा प्रादेशिक अस्पताल जनकपुरमा १०, विरगंज स्थित नारायणी उपक्षेत्रीय अस्पतालमा १० र अन्य ६ वटा जिल्लामा ५÷५ वटा भेन्टिलेटर जडान गरिन