लकडाउन झन कडाई : एक स्थानीय तहबाट अर्को स्थानीय तह जान नपाउने


काठमाडौं : सरकारले कोरोना भाइरस (कोभिड–१९ं) को संक्रमणको रोकथाम तथा न्यूनीकरणका लागि लकडाउनमा थप कडाइ गर्ने भएको छ । शनिबार साँझ बसेको मन्त्रिपरिषद्कौ बैठकले आवागमनमा थप नियन्त्रण गर्दै लकडाउनमा कडाइ गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्तासमेत रहेका अर्थ एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले एक प्रदेशबाट अर्को प्रदेश, एउटा जिल्लाबाट अर्को जिल्ला र एउटा स्थानीय तहबाट अर्को स्थानीय तहमा हुने आवागमनमा नियन्त्रण गरिने बताएका छन् ।

प्रकाशित : २०७६ चैत्र २२, शनिबार २०:३६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ