सप्तरी : कोरोना लागेर मृत्यु हुनेको परिवारलाई १५ लाख दिने निर्णय


सप्तरी : सप्तरीको एक गाउँपालिकाले कोरोना भाइरस (कोभिड–१९) महामारीमा ज्यान गुमाउनेको परिवारलाई १५ लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको छ ।

कोरोनाको महामारी नियन्त्रणमा खटिएकाको उक्त भाइरसका कारण ज्यान गएमा १५ लाख रूपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको गाउँपालिकाले जनाएको छ। जिल्लाको छिन्नमस्ता गाउँपालिकाले क्वारेन्टाइनमा खटिएका जनप्रतिनिधि, कर्मचारी र दलका कार्यकर्ताको कोरोनाबाट ज्यान गएमा १५ लाख रूपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको हो ।

कोरोना नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मीबारे भने गाउँपालिका मौन छ । लकडाउनका समयमा समस्यामा परेका सर्वसाधारणका लागि आवश्यक सामग्री खरिद गर्ने निर्णय पनि गाउँपालिकाले गरेको गाउँपालिका उपाध्यक्ष उषा मण्डलले जानकारी दिइन् ।

प्रकाशित : २०७६ चैत्र २४, सोमबार २०:२४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ