प्रदेश २ का ५ अस्पताललाई स्तरोन्नति गरिने, जिप्रकालाई ५/५ लाख र कारागारलाई २०/२० लाख


जनकपुर : कोरोना महामारी नियन्त्रणको लागि प्रदेश सरकारले विभिन्न पाँच वटा अस्पताललाई स्तरोन्नति गर्ने निर्णय गरेको छ ।

मन्त्री परिषदको आज सम्पन्न बैठकले जिल्ला अस्पताल नभएका जिल्लाहरु पर्सा, धनुषा र सप्तरीमा ५०–५० बेडको अस्पतालमा परिणत गर्ने निर्णय गरेको हो । पर्साको पोखरिया, धनुषाको डुमरिया र सप्तरीको भारदह स्थित अस्पताललाई जिल्ला अस्पतालको रुपमा स्तरोन्नति गर्ने निर्णय गरेको छ ।

त्यसैगरि बाराको कलैया स्थित जिल्ला अस्पताल र महोत्तरीको जलेश्वर स्थित अस्पतालाई विशेष अस्पतालको रुपमा स्तरोन्नति गर्ने निर्णय गरेको छ । जलेश्वर अस्पतालले हिजै बाट स्तरोन्नतिको काम शुरु समेत गरि सकेको छ भने बाराले समेत आजै बाट स्तरोन्नतिको काम शुरु गरिने जनाएको छ।

त्यसैगरि मन्त्री परिषदले कोरोनाको त्रासका बिच अहोरात्र खटि रहेका नेपाल प्रहरीको मनोबल उच्च गर्नुका साथै न्युन्तम आवश्यकता पूर्ति गर्ने उद्देश्यले प्रदेशका सबै जिल्ला प्रहरी कार्यालयलाई ५/५ लाख रुपैया उपलब्ध गराउने निर्णय गरेको छ ।

यता प्रदेशमा रहेको पाँच वटा कारागारहरुमा क्षमता भन्दा बढी कैदी रहेको हुँदा त्यहा कोरोनाबाट जोगिने उपायहरु अबलम्बन गर्नका लागि प्रत्येक कारागारलाई २०/२० लाख उपलब्ध गराउने निर्णय गरेको छ ।

प्रकाशित : २०७६ चैत्र २७, बिहीबार २०:०६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ