लकडाउनमा १७ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गर्ने चार पक्राउ


काठमाडौं । कैलालीमा १७ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा चार जना पक्राउ परेका छन्। सोमबार दिउँसो साढे १२ बजे गौरीगंगा नगरपालिका १मा आफन्तको घरबाट धनगढी फर्किँदै गर्दा किशोरीमाथि सामूहिक बलात्कार भएको थियो।

ती किशोरीमाथि बलात्कार गरेको आरोपमा प्रहरीले २० वर्षीय नरेश नेपाली, २१ वर्षीय अर्जुन सावद, २० वर्षीय निर्मल चौधरी र २४ वर्षीय नरेश भट्टलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी दक्ष बस्नेतले जानकारी दिए।

उनका अनुसार मोटरसाइकलमा आएका उनीहरुले धारिलो हतियार देखाई किशोरीसँगै आएका अन्य तीन लाई कुटपिट गरेका थिए। पीडितलाई उनीहरूले तीन सय मिटर घिसारेर लगी बलात्कार गरेका थिए।

प्रकाशित : २०७७ बैशाख २, मंगलवार १७:२५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ