Breaking- सप्तरीमा दुई जना कोरोना भाइरसको संक्रमित भेटियो


जनकपुरधाम : र्‍यापिड टेस्ट ९आरडिटी० विधिबाट गरिएको परीक्षणका क्रममा मंगलबार सप्तरीमा २ जनामा कोरोना पोजेटिभ देखिएको छ।

दिल्लीको निजामुद्दीनस्थित तबलिकी जमातमा सहभागी भएर फर्केका सात जनामा आरडीटी परीक्षण गर्दा २ जनाको टेस्ट पोजेटिभ आएको गजेन्द्रनारायण सिंह अस्पतालले जनाएको छ । गत मार्च ८ र ९ तारिखमा उक्त जमातमा सहभागी भएर घरमा बसिरहेका उनीहरूको कोरोना परीक्षणका लागि आज गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याइएको थियो ।

जसमा दुई जनाको टेस्ट पोजेटिभ देखिएको अस्पतालले जनाएको छ। उनीहरू स्वाब थप परीक्षणपछि मात्र कोरोना संक्रमण भएको नभएको यकिन हुनेछ।

राजविराज सप्तरीको डिमनस्थित मस्जिदमा ११ जना भारतीय भेटिएका छन् । भारतको इन्दौरका उनीहरु लकडाउन भन्दा केहीअघिबाटै उक्त मस्जिदमा बस्दै आएको खुलेको छ ।

सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी आनन्दकुमार ठाकुरका अनुसार उनीहरुलाई उक्त मस्जिदमै क्वारेन्टाइनमा राखिएको छ । उनका अनुसार भारतीय आएका ११ जना लाई स्वाब संकलन गर्ने तयारी भइरहेको बताए ।

प्रकाशित : २०७७ बैशाख २, मंगलवार २२:२२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ