बढी मूल्यमा सामान बेच्ने बुद्ध बजार प्रालिलाई दुई लाख जरिवाना


काठमाडौं । तोकिएभन्दा बढी मूल्य लिई उपभोग्य सामग्री बिक्री गरेको पाइएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले राजधानीको स्वयम्भूस्थित बुद्ध बजार प्रालिलाई कारबाही गरेको छ ।

नियमित अनुगमनका क्रममा सो कम्पनीले उपभोग्य सामान अधिकतम खुद्रा मूल्यभन्दा बढीमा बिक्री गरेको पाइएकाले उपभोक्ता संरक्षण ऐनअनुसार तत्कालै दुई लाख रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ ।

विभागले लकडाउनका समयमा उपभोक्ता ठगिने सम्भावना उच्च रहेको भन्दै अनुगमनलाई तीव्रता दिँदै आएको छ ।

प्रकाशित : २०७७ बैशाख ३, बुधबार १८:२३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ