लकडाउन उल्लंघन गरेको भन्दै धरानमा स्वास्थ्यकर्मीमाथि कुटपिट


धरान । धरानको पानबारीमा लकडाउन उल्लङ्घन गरेको भन्दै प्रहरीद्वारा एकजना स्वास्थ्यकर्मी कुटिएका छन् ।

धरान उपमहानगरपालिका–२० विष्णुपादुकाको स्वास्थ्यचौकीमा हेल्थ असिस्टेन्टको रूपमा कार्यरत चन्द्रप्रकाश खनाललाई पानबारी प्रहरी चौकीका प्रहरी नायब निरीक्षक भेषबहादुर राउतले कुटपिट गरेको पीडितले बताएका छन् ।

सेउती पुल नजिकै प्रहरीले रोकेको र आफू स्वास्थ्यकर्मी भएको जानकारी गराउँदै परिचयपत्र देखाउँदा समेत प्रहरीले कुटपिट गरेको उनले बताए।

प्रकाशित : २०७७ बैशाख ४, बिहीबार १३:३२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ