राष्ट्रपतिले अध्यादेश जारी गरेसँगै नेकपा सचिवालय बैठक प्रभावित


 काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सोमबार साँझ बसेको सचिवालय बैठक प्रभावित भएको छ ।

सरकारले सोमबारै राजनीतिक दल र संवैधानिक परिषद् सम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । पार्टीमा छलफल नगरी अध्यादेश ल्याएपछि नेकपाले सचिवालयको आकस्मिक बैठक बोलाएको थियो ।

बालुवाटारमा बैठक चलिरहेको बेला राष्ट्रपतिले अध्यादेश जारी गरेपछि बैठकले कुनै निर्णय गर्ने अवस्था नभएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

प्रकाशित : २०७७ बैशाख ८, सोमबार २०:५४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ