कञ्चनपुरमा एक प्रहरी जवानमा देखियो आरडीटी पोजेटिभ


काठमाडौं । कञ्चनपुरमा एक प्रहरी जवानमा र्‍यापिड डाइग्नोस्टिक टेष्ट आरडीटी गर्दा कोरोना पोजेटिभ देखिएको छ । बिहीबार कञ्चनपुरमा कार्यरत उक्त प्रहरी जवानमा आरडीटी गर्दा कोरोना पोजेटिभ देखिएको जनाइएको छ ।

आरडीटी गर्दा कोरोना पोजेटिभ देखिएपनि कोरोना संक्रमण भएको नभएको थाहा नहुने हुनाले थप परिक्षणको लागि उनको स्वाब धनगढीस्थित प्रयोगशालमा लाने तयारी गरिएको जनाइएको छ । नेपालमा बिहीबार मात्र थप २ जनामा कोरोना पुष्टी भएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४७ पुगेको छ । त्यस्तै आज कोरोनाको उपचारपछि निको भई ३ जना घर फर्किएका छन् । यससँगै कोरोनाको उपचारपनि निको भई घर फर्किने नेपालीको संख्या १० पुगेको छ ।

प्रकाशित : २०७७ बैशाख ११, बिहीबार २०:३३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ