मन्त्रिपरिषद् बैठक : दुई वटै अध्यादेश फिर्ता लिने सरकारको निर्णय


काठमाडौं । सरकारले जारी गरेको राजनीतिक दलसम्बन्धी र संबैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुबाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश संविधानको धारा ११४ (ख) बमोजिम फिर्ता गर्ने निर्णय गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिनुभयो ।

सरकारको सिफारिसअनुसार अब राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश खारेज गर्ने व्यवस्था छ ।

सरकारले वैशाख ८ गते राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेको थियो ।

प्रकाशित : २०७७ बैशाख १२, शुक्रबार १४:१४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ