कञ्चनपुरमा २ जनामा एन्टीबडी पोजेटिभ, थप परीक्षण हुँदै


काठमाडौं । कञ्चनपुरमा दुई जनामा कोरोना पोजेटिभ देखिएको छ । भीमदत्त नगरपालिका–७ र १८ का दुई जनामा आरडीटी रिपोर्टमा कोरोना पोजेटिभ देखिएको हो ।

उनीहरुको स्वाब संकलन गरी परीक्षणका लागि प्रयोगशाला पठाइएको छ । दुवै जना सरकारी कर्मचारी रहेको स्रोतले जानकारी दियो । आरडीटी रिपोर्ट पोजेटिभ आएका दुई जनालाई महाकाली अस्पतालको आइसोलेसनमा राखिएको छ ।

प्रकाशित : २०७७ बैशाख १२, शुक्रबार २०:२३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ