खरिद नियमावलीमा अर्को संशोधन, काम नगर्ने ठेकेदारलाई म्याद थपको मौका


काठमाडौं । सरकारले एक वर्ष नपुग्दै सार्वजनिक खरिद नियमावलीमा पाँचौं पटक संशोधन गरेको छ । वैशाख १५ मा राजपत्रमा प्रकाशित नियमावलीको दशौं संशोधनले यसअघि तोकिएको समयमा काम गर्न नसकेपनि म्याद थप गर्न छुटेका ठेक्काहरुलाई फेरि एक वर्षको मौका दिएको छ ।

सरकारले १४ पुस २०७६ मा व्यवसायीहरुको मागअनुसार नियमावलीमा नवौं संशोधन गरेको थियो । त्यसअघि वैशाख ३० मा छैठौं संशोधन गरेको थियो भने त्यसपछि लगातार चारपटक संशोधनहरु भए ।

नियमावलीको नवौं संशोधनअनुसार गत जेठ २३ गतेसम्म म्याद सकिएका ठेक्का तथा आयोजनाले मात्रै थप म्याद पाएका थिए । तर लकडाउनको समयमा गरिएको दशौं संशोधनमार्फत २०७७ वैशाख १४ सम्म म्याद सकिएपनि काम पुरा नभएका आयोजनाको म्याद थप्ने अवसर दिएको छ ।

यो व्यवस्थाअनुसार विगत एक वर्षमा अवधि सकिएर पनि निर्णय नभई अलपत्र परेका ठेक्कलाई थप एक वर्ष म्याद दिन बाटो खुला गरेको छ ।

मन्त्रिपरिषदको कार्यालयका एक अधिकारीकाअनुसार वैशाख १५ गतेसम्म म्याद सकिएका आयोजनालाई एक वर्ष म्याद थप्न निवेदन दिने मौका दिएकाले लकडाउनमा काम सकिने अवस्थमा असर पुगेका आयोजनाले पनि राहत पाउनेछन् । ‘अन्तिम समयमा आएर काम सकिनै लाग्दा लकडाउनले समस्या भोगेका ठेकेदारले पनि अब सहज रुपमा काम सकाउने अवसर पाउनेछन्,’ उनले भने ।

संशोधित नियमावली अनुसार अबको वैशाख १५ गतेबाट गणना हुने गरी २१ दिनभित्र म्याद सकिएर अ�